जब ज्योति म्यामले मलाई फोन गरेर समानतानको फेलोसिप पाएको खवर दिनुभयो मलाई जति खुसी भयो त्यो भन्दा बढि डर लाग्यो । म कहिले पनि आमा बिना काठमाण्डौँ आएको थिईन । त्यस माथि अब त आमालाई छोडेर दुई वर्षको लागी काठमाण्डौँ आउनु थियो । मेरो मन असाध्यै दुखी थियो । दुख मन गर्दागर्दै काठमाण्डौ आउने दिन पनि नजिकीदै थियो । यसबिच मलाई अर्को चिन्ताले पनि सताई रहेको थियो । काठमाण्डौँमा आएर होस्टलमा बस्नुपर्छ भन्ने खबर पाएको थिए तर मसँग चाँहि कुनै नयाँ लुगा नै थिएन । सबै पुराना कपडा मात्र थिए । मेरी आमा सम्पन्न परिवारको घरमा काम गर्नुहुन्थ्यो । पहिला पनि उँहाहरुले नै आफ्ना छोराछारीहरुको कपडा हामीलाई दिने गर्नुहुन्थ्यो, हामी त्यसैमा रमाउने गथ्र्यौ । कपडा पुरानो हो, यो थाहा हुदाहुदै पनि हाम्रो लागी नयाँ थियो र नँया कपडा लगाउन पाएकोमा हामी निकै खुसी हुन्थ्यौ । यसपाली पनि मेरो लागी त्यस्तै कपडा पठाउनु भएको थियो, म निकै खुसी थिए । तर यस बाबजुद मैले बुवाको खल्तीबाट रु २००० लिए र दुई जोर कुर्ता सिलाउन लगाए । समानताको हरेक कार्यक्रममा बोलाउदा म त्यँही कुर्ता सुरुवाल लगाउँथे । बाहिर घुम्न जाँदा, कलेजको कार्यक्रम जता पनि म त्यही कुर्ता सुरुवाल लगाउँथे ।

जब म पहिलो पटक होस्टल आए म बेहोसी जस्तो नै थिए । न म कुनै ठाँउ चिन्थे , न मलाई कुनै ठाँउको नामै थाहा थियो । मलाई बाटो काट्न नि डर लाग्थ्यो र मान्छेसँग बोल्न पनि । कति चोटी त बाटो हराए पनि कसैलाई सोध्ने हिम्मत नै थिएन। हामी नँया बानेश्वरको होस्टलमा बस्थ्यौ तर मलाई त निकै पछि मात्र त्यो ठाँउको नाम नँया बानेश्वर भन्ने थाहा भयो । म बानेश्वरबाट बालुवाटार ईंग्लीश ल्याङग्वेज सिक्न जान्थे। ज्हिले पनि नेपाल यातायात चढेर आउने जाने म आफु ओर्लने ठाँउ आईपुग्दा पनि गाडी रोकिमाग्न डराउँथे । ओर्लिने ठाँउ कटेपछि अर्को ठाँउमा जब अरु कोही ओर्लन्थियो अनि मात्र म पनि ओर्लन्थे र फेरी हिड्दै आउँथ्ये । एकदिन चाँही नेपाल यातायातले मलाई सांसद भवन अगाडी ओराल्दियो । अरु दिन पानीट्याङकी नजिक छोडी दिने, आज त सांसद भवन अगाडी ओराली दिँदा म त बाटै झुक्किए । मलाई सिधैँ जानुपर्छ लाग्यो त्यसैले हिड्न थाले । हिड्दाहिड्दै शान्तिनगर गेट पुगेछु । त्यँहाबाट पहिलो पटक प्लेन ल्याण्ड गरेको देख्दा त मेरो सात्तो उड्यो । प्लेन त्यति तल र ठूलो टि.भी मा मात्र देखेको थिए प्रत्यक्ष कहिले पनि देखेको थिईन । म त अनि रुन थाले, आमाको साह्रै याद आयो तर पनि कसैलाई नसोधी भ्गवानलाई सम्झे । त्यस पछि त म फर्के र नँया बानेश्वरसम्म आईपुगे । शंखमुल जाने बाटो छेउ एउटा शिवको मूर्ति देखेपछि त होस्टलको बाटो पाईहाले ।

यस्तै घटना मध्ये एक, म जीवनभरी बिर्सने छैन । बसमा उभेर सवार गर्दै थिए म, ड्राईभरले बे्रक हान्दा म एक्कासी एउटी केटीसँग ठोक्किए । उसले मलाई मेरो अनुहार र कपडालाई लिएर निकै तितो वचन लगाई। मलाई यो सह्य नभएर बसबाट ओर्लिएर रुदै होस्टल पुगे । आफ्नो दुख कसैलाई नभनी म रुदै कोठामा बसे । धेरै दिनसम्म मैले कसैलाई यो कुरा भन्न सकिन तर केही समय पछि समानताकै दिदीलाई भने। उँहाले मलाई सम्झाउदैँ धेरै सान्तवना दिनुभयो । मेलै पनि स्मार्ट भएर हिड्नुपर्छ भन्ने सिक यो घटनाबाट लिए। अनि म कुर्ता सुरुवाल, चप्पल छोडेर प्याट, टि सर्ट र जुत्ता लगाउन थाले । समानताबाट पाईने मासिक स्टाईपेनबाट पनि केही रकम छुट्याएर नँया कपडा किनेर लगाउन थाले । म अहिले १२ को पढाई सकाई, समानताको फेलोसिपकै सहयतामा द्यबअजभयिचक ष्ल क्यअष्ब िध्यचप गर्दै छु । यतिका वर्षबीच ममा धेरै परिवर्तन आएको महशुस गरेको छु । बाहिरी परिवर्तन त छदैछ तर म अहिले आफुलाई धेरै हदसम्म शसत्त भएको अनुभूति हुन्छ । म अहिले आफ्नो मात्र होईन अरुको लागी पनि बोल्न सक्ने भएको छु,दुव्र्यवहारको विरुद्ध आवाज उठाउने साहस ममा छ र समानता र कलेजबाट पाएको शिक्षा, सीप र अवसरहरुले जीवन प्रति धेरै नै आशावादी भएको छु ।