By Sagar Shrestha

चिसो लाग्यो सर्दी झै, घना त्यो वर्षात मा ।
चन्द्रझै मुहार बोकी कोही, रम्दै थिए पातमा ।
आवश्यकता परिचयको, स्र्पश गर्ने आश तर,
अदृश्य भई गयौ कता, जब लिन खोजे हातमा ।

वयान गर्न चाहे तर, शब्द पाउन गाहे ।
चिटीक्कको वाक्य रोज्दा अर्थ सम्झाउन गाहे ।
वात गर्छु प्रकृती र श्रृगार वसन्तको ।
जहाँ स्वर्गको आभाष हुदा जिवन पत्याउन गाहे ।

बर्षात बनि ब्यथा बिर्षाउने वसन्तको बात बेग्लै ।
कोकिलको कुहु कुहु र बतास भित्र मात बेग्लै ।
पुष्पको नयाँ साल बेग्लै मयुरको नयाँ चाल बेग्लै ।
होला जस्तो लाग्दैन स्र्वग भन्दा वसन्तको रात बेग्लै ।
साच्चै त्यो समिश्रणको चाखीरहुँ लाग्ने स्वाद बेग्लै ।